कोरोना भाइरसको सङ्क्रमणका कारण अहिले विश्वका धेरै देश आक्रान्त छन् । गएको डिसेम्बरमा चीनको वुहानमा देखिएको कोरोना भाइरसको सङ्क्रमण त्यसको केही हप्तामा नै विश्वका धेरै देशमा फैलियो । अहिले विश्व काेराेनासँग लडिरहेकाे छ ।
कोरोनाका कारण विश्वका आठ लाखभन्दा धेरै मानिसको मृत्यु भइसकेकाे छ । तर विश्वका यस्ता केही देश छन्, जहाँ अहिलेसम्म कोरोना पुगेको छैन ।
कोरोना सङ्क्रमण नदेखिएका १० देश यी हुन् –
१. पलाउ
२. माइक्रोनेशिया
३. मार्शल आइल्याण्ड
४. नाउरु
५. किरिबाती
६. सोलोमन आइल्याण्ड
७. तुवालु
८. समोआ
९. भानुअतु
१०. टोङ्गा ।
कोरोना सङ्क्रमण नदेखिए पनि यी देशमा कोरोनाले भने असर पुर्याएकाे छ । कोरोनाका कारण विश्वकै अर्थतन्त्र डामाडोल भएकाले ती देशमा पनि आर्थिक समस्या परेको छ ।
पलाउमा सन् १९८२ मा खुलेको ‘द पलाउ होटल’ अहिले सुनसान छ । कोरोना भाइरस विश्वमा फैलिनुअघि त्यहाँ झण्डै ९० हजार पर्यटक पुगेका थिए । यो सङ्ख्या पलाउको कुल जनसङ्ख्या भन्दा झण्डै पाँच गुणा धेरै भएको बीबीसीले जनाएको छ ।