भारतको मध्यप्रदेशस्थित एक घरका पाँच जना सदस्यको उनीहरुकै घरमा झुण्ड्याएर हत्या गरिएको पाइएको भारतीय प्रहरीले जनाएको छ । परिवारका सबै सदस्य झुण्ड्याइएको भन्ने सूचनाका आधारमा गएको प्रहरीले उनीहरुको हत्या गरिएको पाइएको जनाएको हो ।
आइतबार राति उक्त घटना भएको प्रहरीले जनाएको छ । ती सबै शवलाई प्रहरीले अहिले पोष्टमार्टमका लागि पठाइएको जानकारी दिएको छ । उनीहरु एकै घरका परिवार रहेको जानकारी छिमेकीले दिएका छन् भने हत्याको कारण के हो र कसले गरेको हो भन्ने बारेमा केही थाहा भएको छैन ।
भारतीय प्रहरीका अनुसार यस घटनाको ‘फोरेन्सिक साइन्स ल्याब’का अधिकारीहरुको सहयोगमा अनुसन्धान भइरेहको र अनुसन्धानपछि त्यो घटना किन र कसरी भएको हो भन्ने बारेमा पत्ता लाग्ने छ ।
भारतीय राज्य मध्यप्रदेशको टिकमगर जिल्लामा याे घटना भएको बताइएको छ । आइतबार राति घरका सबैजना सदस्य झुण्ड्याएर हत्या गरिएको भने पुष्टि भएको टिकामगर जिल्लाका एसपी प्रशान्त खरेले त्यहाँका स्थानीय सञ्चारमाध्यममा जानकारी दिएकाे बताइएकाे छ ।