Aafno Khabar

नाइट क्लबमा प्रहरीले छापा मार्ने क्रममा भागदाैड, १३ जनाकाे मृत्यु

  • एजेन्सी
  • August 24, 2020 प्रकाशित

Photo Credit : Luka Gonzales/AFP via Getty Images

पेरु । कोरोना भाइरस महामारी समयमा प्रतिबन्ध उल्लंघन गरी पेरुमा आयाेजना गरिएकाे पार्टीमा प्रहरीले छापा मारेपछि भएकाे भागदाैडमा १३ जनाकाे मृत्यु भएकाे छ ।

पेरुको लिमा नाइटक्लबमा प्रहरीले छापा मार्दा भागदाैड मच्चिएकाे र कम्तीमा १३ जनाकाे मृत्यु भएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

भागदौड हुँदा तीन प्रहरी अधिकृतसहित छ जना घाइते भएका छन् । करिब एक सय २० जना शनिबार राति लिमाको लस ओलिभोस जिल्लाको थोमा रेस्टोबार क्लबबाट भाग्न खोजेका थिए ।

घटनामा मृत्यु भएका १३ मध्ये १२ जना महिना र एक पुरुष रहेको सरकारी अधिकारीले पुष्टि गरेका छन् । क्लबका मालिक पनि प्रहरी नियन्त्रणमा छन् । भागदाैडमा मृत्यु भएका १३ जनामध्ये ११ जनामा काेराेना संक्रमण भएकाे पाइएकाे छ । छापा मार्न गएका ६० प्रहरीमा पनि कोरोना संक्रमण देखिएको त्यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण बढेपछि पेरुमा नाइटक्लब, बारहरु बन्द गरिएको छ भने पारिवारिक जमघटमा पनि प्रतिबन्ध लगाइएको छ ।