काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउने संख्या ८ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार ८ सय ४६ जनाको मृत्यु भएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
याे सहित विश्वभर ज्यान गुमाउने संख्या ८ लाख २ हजार ३ सय ८४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ४९ हजार नयाँ संक्रमित थपिएपछि विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ३१ लाख नाघेको छ । यस्तै, विश्वभर १ करोड ५७ लाख कोरोना संक्रमित निको भएका छन् भने ६६ लाख संक्रमित उपचाररत रहेका छन् ।