Aafno Khabar

टर्कीमा अहिलेसम्मकाे सबभन्दा ठूलाे प्राकृतिक ग्यास भण्डार फेला परेकाे राष्ट्रपतिकाे दाबी

  • एजेन्सी
  • August 22, 2020 प्रकाशित

काठमाडाैं । टर्कीका राष्ट्रपति रेसेप तय्यिप एर्डोगनले शुक्रबार टर्कीकाे ‘ब्ल्याक सी’मा अहिलेसम्मकाे सबैभन्दा ठूलो प्राकृतिक ग्यास भण्डार फेला परेको घाेषणा गरेका छन् । टर्कीले उक्त ग्यास भण्डार सन् २०२३ सम्मा प्रयाेगमा ल्याउने पनि राष्ट्रपतिले बताएका छन् ।

इस्तान्बुलमा पत्रकार सम्मेलन गरी राष्ट्रपति एर्डोगनले फतेह नाम दिइएको ड्रिलिङ जहाजले ३२० अरब क्यूबिक मिटर प्राकृतिक ग्यास भण्डार फेला पार्न सफल भएको बताएका हुन् ।

उनले हाल ग्यास भण्डार रहेको क्षेत्रको अन्य इलाकाहरुमा समेत अनुसन्धान गरिने जनाएका छन् । राष्ट्रपति एर्डाेगनले भने , ‘हाम्राे लक्ष्य २०२३ सम्ममा ‘ब्ल्याक सी’ बाट ग्यास निकालेर प्रयाेगमा ल्याउने हाे ।’