Aafno Khabar

अब बेइजिङका बासिन्दाले घरबाहिर निस्कदा मास्क लगाउनु नपर्ने

  • आफ्नो खबर
  • August 21, 2020 प्रकाशित

एजेन्सी । अब बेइजिङका बासिन्दाहरुले घरबाहिर निस्कदा मास्क लगाउनु नपर्ने भएको छ ।

लगातार १३  दिनमा नयाँ कोरोनाभाइरस संक्रमित फेला नपरेपछि बेइजिङका स्वास्थ्य अधिकारीहरुले संक्रमण रोक्नका लागि लागू गरिएको प्रतिबन्धका नियमहरु खुकुलो बनाउन शुरु गरेका छन् ।

घरबाहिर निस्कदा मास्क लगाउनु नपर्ने भनिए पनि शुक्रबार ठूलो संख्यामा बेइजिङका बासिन्दाहरुले मास्क लगाएको देखिएकाे समाचार संस्था सिन्ह्वाले जनाएकाे छ ।

२ चरणको लकडाउनपछि बेइजिङमा मास्क लगाउनु नपर्ने गरी नियम खुकुलो गरिएको यो मात्र दोस्रो पटक हो । गत अप्रिलको अन्त्यतिर बेइजिङमा मास्क लगाउनुपर्ने नियम लागू गरिएको थियो । तर, नयाँ संक्रमित भेटिएपछि जुनमा पुनः मास्क लगाउनुपर्ने नियम लागू गरिएको थियो ।