Aafno Khabar

ट्रम्पले अमेरिकामा अन्धकार ल्याए : जो बाइडेन

  • एजेन्सी
  • August 21, 2020 प्रकाशित

अमेरिकाको राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट औपचारिक रुपमा उम्मेदवारी पाएका जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा अन्धकार ल्याएको आरोप लगाएका छन्।

डेमोक्र्याटिक पार्टीको राष्ट्रिय सम्मेलनको चौथो दिन सम्बोधनको क्रममा जो बाइडेनले अबको चुनाव अन्धकार अन्त्यका लागि रहेको बताएका हुन् । बाइडेनले राष्ट्रपति ट्रम्पले अमेरिकामा अति धेरै आक्रोश, त्रास र विभाजन निम्त्याएको पनि बताएका थिए ।

७७ वर्षका बाइडेन स्पष्ट रुपमा आम चुनावको अभियानमा जुटेका छन् । नोभेम्बर ३ मा हुने चुनावमा बाइडेनले ७४ वर्षका रिपब्लिकन राष्ट्रपति ट्रम्पको सामना गर्ने छन् ।