इन्डाेनेसियामा ठूलाे भूकम्प गएकाे छ । इन्डोनेसियाको पूर्वी नुसा तेङ्गारी प्रान्तमा ६.९ म्याग्निच्युड काे भूकम्प गएको हाे ।
भूकम्पपछि सुनामीको सम्भावना भने नरहेको मेट्रोलोजी एन्ड जिओफिजिक्स एजेन्सीले जनाएको छ । स्थानीय समयअनुसार बिहान ११ बजेर ९ मिनेट जाँदा भूकम्प गएको हो ।
फ्लोरिस जिल्लाको उत्तरपूर्वी भेगमा केन्द्रबिन्दु बनाएर भूकम्प गएकाे थियाे । भूकम्पबाट के कति क्षति भयाे भन्नेबारे केही विवरण आएकाे छैन ।