प्रतिकात्मक तस्बिर ।
इजराइलको प्रहरीले दक्षिण शहर एलाटको एक होटलमा १६ वर्षीया एक किशोरीमाथि भएको सामूहिक बलात्कारको घटनाको अनुसन्धान सुरु गरेको छ ।
घटनामा संलग्न रहेको आरोमा २ जना हिरासतमा लिइएको बीबीसीले उल्लेख गरेकाे छ तर उनीहरुले आफूमाथि लागेको बलातकारको आरोप अस्वीकार गरेका छन् ।
स्थानीय सञ्चार माध्यमहरुका अनुसार किशोरीमाथि ३० भन्दा बढीले बलात्कार गरेकाे बताइएकाे छ ।१६ वर्षीया ती किशोरीलाई नशा दिएर बेहोस बनाएपछि बलात्कार गरिएको आरोप छ।
अहिले इजराइलमा यो सामूहिक बलात्कार चर्चाको विषय बनेको छ। इजराइलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले घटनाका दोषीहरुलाई कारबाही गर्ने बताएका छन् ।
गत शुक्रबार किशोरीले आफूमाथि भएको अपराधबारे प्रहरीमा उजुरी दिएकी थिइन् ।
याे महिनाको सुरुमा ती युवती आफ्ना साथीसँग एलात गएकी थिइन् । त्यहाँ उनले आफ्ना साथीले चिनेका मानिसहरुलाई भेटिन् । उनीहरु सबैजना सँगै ड्रिङ्क्सका लागि बाहिर गए र पुनः होटल फर्किए । होटलबाट फर्किएपछि सबैले पटक–पटक ती किशोरीमाथि बलात्कार गरे । युवतीका साथीले उनलाई बचाउन कोसिस गरे पनि सफल भएनन् ।
प्रहरीले पक्राउ परेका २ जना आरोपी सार्वजनिक गरेको छैन । घटनामा संलग्नहरु सबै इजराइली नै रहेको र उमेर २० वर्ष आसपास रहेको बताइएको छ ।
टाइम्स अफ इजराइलका अनुसार प्रहरीले पक्राउ परेका एक जना र किशोरीबीच भएको मेसेजिङमा युवतीमाथि कथित ज्यादतीको भिडियो फेला परेको छ । यसबारे प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।