Aafno Khabar

भारतमा एकैदिन ६८ हजार बढीमा काेराेना संक्रमण

  • आफ्नो खबर
  • August 21, 2020 प्रकाशित

काठमाडौं । भारतमा गएको २४ घण्टामा  ६८ हजार भन्दा धेरैमा कोरोना सङ्क्रमण देखिएको छ ।

भारतमा एकैदिन ६८ हजार ८ सय ९८ जनामा कोरोना सङ्क्रमण भएको र ९ सय ८३ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएकाे छ ।

भारतमा अहिलेसम्म २९ लाख ५ हजार भन्दा धेरैमा सङ्क्रमण हुँदा ५४ हजार ८ सय ४९ जनाको ज्यान गइसकेको छ ।