Aafno Khabar

भारतमा एक दिनमा ७० हजार बढी काेराेना संक्रमित

  • आफ्नो खबर
  • August 20, 2020 प्रकाशित

काठमाडाैं । भारतमा एक दिनमा ७० हजार एक सय एक काेराेना संक्रमित थपिएका छन् । कोरोना भाइरसको महामारी फैलिएयता बुधबार भारतमा सबैभन्दा धेरै संक्रमित फेला परेकाे भारतीय सञ्चामाध्यमले जनाएका छन् ।

भारतमा हालसम्म २८ लाख ३३ हजार १५ जना काेराेना संक्रमित छन् । त्यस्तै, ५३ हजार ९ सय २९ जना काेराेना संक्रमितकाे ज्यान गइसकेकाे छ ।

भारतीय सञ्चालमाध्यमममा प्रकाशित समाचार अनुसार भारतमा सक्रिय संक्रमित ६ लाख ८८ हजार एक सय ६२ छन् । यस्तै, काेराेना संक्रमण भएर निकाे हुनेकाे संख्या २० लाख ९० हजार ९ सय २४ रहेकाे छ ।