काठमाडाैं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी एमाले (एकीकृत मार्क्सवादी लेलिनवादी) दर्ता गरेको छ ।
गत असारमा नेकपा एमाले दर्ताका लागि निर्वाचन आयाेगमा निवेदन परेकाे थियाे । आयोगको बुधबार बसेको बैठकले सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा एमाले दर्ता गर्ने निर्णय गरेको आयाेगले जनाएकाे छ ।
नेकपा एमाले दल दर्ताकाे निवेदन निर्वाचन आयाेगका परेपछि नेकपामा हलचल मच्चिएकाे थियाे । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भएर नेकपा बनेपछि नेकपा एमाले अस्तित्वमा थिएन ।
पार्टीले आफ्नाे चिन्हमा डाँडामा उदाउँदाे सूर्य राखेकाे छ । नेकपा एमालेकाे अध्यक्षमा सन्ध्या तिवारी र महासचिव मनिषकुमार उपाध्याय रहेका छन् ।
याे पनि :
एमाले जीवित राख्नका लागि हामीले पार्टी दर्ता गरेका हाैँ : उपाध्यक्ष खड्का