Image Credit : AP
एजेन्सी । मध्य फिलिपिन्समा मंगलबार शक्तिशाली भूकम्प गएकाे छ । भूकम्पबाट घरहरुमा क्षति पुगेको छ।
फिलिपिनी भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प करिब ६.६ म्याग्निच्यूडको रहेको समाचार संस्था एपीले उल्लेख गरेकाे छ ।
जमिनको सतहबाट करिब २१ किलोमिटर गहिराइमा आएको उक्त भूकम्पको केन्द्रविन्दु काटाइगान तटीय क्षेत्रनजिक रहेको बताइएकाे छ ।
मास्बेट प्रान्तीय प्रशासक रिनो रिभालोले काटाइगानमा सडकहरुमा चिरा परेकाे तथा घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको जानकारी दिएका छन् । भूकम्प प्रभावित क्षेत्रहरुमा प्रहरी, सेना र अन्य उद्धारकर्मी परिचालन गरिएकाे छ ।