काठमाडाैं । काेराेना भाइरस (काेभिड १९) संक्रमणका कारण भारतमा मृत्यु हुनेकाे संख्या ५० लाख बढी भएकाे छ ।
अमेरिका, ब्राजिल र मेक्सिकोमा ५० हजारभन्दा धेरै संक्रमितको मृत्यु भइसकेकाे छ। कोरोना भाइरसका कारण खराब हालत भोगिरहेका मुलुकको सूचीमा भारत तेस्रो स्थानमा छ। तर, संक्रमिको संख्या र मृत्यु दरका आधारमा भारत थप जोखिमपूर्ण अवस्थातिर गइरहेकाे छ।
शनिबारसम्म भारतमा संक्रमितको संख्या २५ लाख ८७ हजार ८ सय ७२ पुगेको छ। भारतमा मृत्यु हुने संक्रमितको संख्या ५० हजार ७९ पुगेको छ।
अमेरिकामा मृत्यु हुने संक्रमितको संख्या १ लाख ७१ हजार ९ सय ९९ पुगिसको छ भने ब्राजिलमा १ लाख ६ हजार ६ सय ८ जना संक्रमितकाे मृत्यु भइसकेकाे छ । मेक्सिकाेमा ५५ हजार ९ सय ८ जनाकाे मृत्यु भएकाे छ ।