प्रतिकात्मक तस्बिर ।
काठमाडाैं । भारतको उत्तर प्रदेशको लखिमपुरमा एक भयानक घटना सार्वजनिक भएकाे छ । एक १३ वर्षीया बालिकाकाे सामुहिक बलात्कार पछि आँखा फुटाइएकाे, जिब्राे काटिएकाे र डाेरीले बाँधेर घिसारेर खेतमा लगेर छाेडिएकाे भारतीय सञ्चारमाध्यमले उल्लेख गरेकाे छ ।
समाचार अनुसार लखिमपुर खिरी जिल्लामा इसानगर थाना क्षेत्रको पकरिया गाउँमा बस्ने १३ वर्षकी बालिका आफ्नो घरबाट शौचका लागि खेतमा गएकाे बेला गाउँका स्थानीय २ युवकले उनकाे बलात्कार गरे । बलात्कार पछि बालिकाकाे हत्या भएकाे छ ।
हत्या अघि बालिकामाथि क्रुर व्यवहार गरिएकाे छ । उनकाे आँखा फुटाइएकाे छ । जिब्राे काटिएकाे छ र डाेरीले घिसारेर फालिएकाे छ ।
बालिका बलात्कार र हत्याकाे आराेपमा प्रहरीले २ जना पक्राउ गरेकाे छ ।
बालिका शुक्रबार करिब एक बजे आफ्नो घरबाट शौचका लागि उखुबारीमा गएकी थिइन् तर अबेरसम्म घर नफर्कँदा उनको परिवारले छोरीको खोजी गरेकाे थियाे । उनीहरुले प्रहरीमा पनि यसबारे जानकारी दिए । परिवारले प्रहरीको समूहसहित बालिकाको खोजी गर्दा उनको शव फेला परेकाे थियाे ।
परिवारले स्थानीय सन्तोष यादव र सञ्जय गौतममाथि बालिकामाथि बलात्कार र हत्याको आरोप लगाएका छन् ।