Aafno Khabar

सामाजिक सञ्जालमा पुटिनकाे चर्चा

  • एजेन्सी
  • August 15, 2020 प्रकाशित

काठमाडौं । रुसले काेराेना भाइरसविरुद्धको खोप दर्ता गरेपछि रुसकाे चर्चा चुलिएकाे छ । खाेप दर्ताकाे समाचार जसरी भाइर भयो त्यसरी नै राष्ट्रपति भ्लादिमिर पुटिनको मिम अहिले भाइरल भइरहेको छ।

खोप पिठ्युँमा बोकेर भालुमा सवार भएको उनको तस्वीर भाइरल भएको हो । त्यस तस्वीर सामाजिक सञ्जालमा पोष्ट भएपछस सुपरहिरो, स्पाइडर म्यान, आइरनम्यान लगायतका टाइटलसहितका प्रतिक्रिया आइरहेकाे बीबीसीले उल्लेख गरेकाे छ ।

रूसी राष्ट्रपति पुटिनले सामाजिक सञ्जाल प्रयोगमा पूर्णरुपमा निषेध गरेको बताइन्छ । तर, उनको फेक एकाउन्टबाट पोष्ट भएको सन्देश मानिसले पुटिनको आधिकारिक सन्देशका रुपमा लिइरहेको देखिएको छ ।

त्यो पोष्ट २ लाखभन्दा बढी शेयर भएको छ। त्यो पोष्टमा भनिएको छ-‘मास्क र आइसोलेसनको युग अब छिट्टै समाप्ति हुँदैछ किनकि रुसले खोप निर्माण गरेको छ।’