Aafno Khabar

सुनकाे भाउ भारी मूल्यले घट्याे

  • आफ्नो खबर
  • August 12, 2020 प्रकाशित

काठमाडौं । सुनको भाउ एकै दिन भारी मूल्यले घटेको छ । मंगलबारको तुलनामा तोलामै ६ हजार २ सय रुपैयाँले सुनको भाउ घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला एक लाख एक हजार ६ सय थियो । तर बुधबार सुनको भाउ प्रतितोला ९५ हजार चार सय रुपैयाँमा झरेको छ ।

यस्तै, चाँदीको मूल्य १२ सय १० रुपैयाँ तोला कायम भएको छ ।