काठमाडाैं । सुनको भाउ मंगलबार तोलामा ८ सय रुपैयाँ घटेको छ ।
सुनको भाउ मंगलबार तोलाको एक लाख एक हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
लगातार उकालो लागेर तोलाको एक लाख ३ हजार ५ रुपैयाँसम्म पुगेको सुनको भाउ आइतबारदेखि घट्न थालेको हो ।
चाँदीको भाउले भने नयाँ कीर्तिमान बनाएको छ । चाँदी मंगलबार तोलामा ४० रुपैयाँ बढेर तोलाको १४ सय ३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।