Aafno Khabar
Creative Ideas

मध्यरातमा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु

  • आफ्नो खबर
  • २०७७ साउन २७ गते प्रकाशित

डाेटी । डोटीको आदर्श गाउँपालिका–१ खलगडामा मध्यरातमा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।

सोमबार राति करिब एक बजे स्थानीय लोगे विकको घर भत्किँदा उहाँकी श्रीमती विष्ना विक, १२ वर्षीय छोरा पारस, छोरीहरु आठ वर्षीया सिर्जना र चार वर्षीया जेनिसाको मृत्यु भएको हो ।

राति सुतेका बेला भत्किएको घरमा पुरिएर लोगे, उहाँकी आमा ताना लुहार र एक छोरी घाइते भएका छन् । यस्तै, भेटघाट गर्न आएका लोगेकी सासू आमा र साला पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएकाे छ ।

ढुंगा माटाेले बनेकाे तीन तले घर भत्किएकाे जनाइएकाे छ ।