Aafno Khabar

भारतमा काेभिड १९ : एक दिनमा हजार बढीकाे मृत्यु

  • आफ्नो खबर
  • August 10, 2020 प्रकाशित

फाइल तस्बिर ।

काठमाडाैं । भारतमा पहिलोपटक २४ घण्टाकाे अवधिमा एक हजार बढी मानिसको कोभिड १९ संक्रमणबाट मृत्यु भएको छ ।

भारतकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयले बितेका २४ घण्टामा एक हजार ७ जना मानिसको कोरोनाबाट मृत्यु भएको जनाएको हाे । उक्त अवधिमा ६२ हजार ६४ जना नयाँ संक्रमित थपिएका छन् ।

भारतमा काेभिड १९ संक्रमितकाे संख्या २२ लाख १५ हजार ७५ पुगेको छ।

भारतमा हाल कोरोनाका ६ लाख ३४ हजार ९ सय ४५ वटा सक्रिय केस रहेकाे र हालसम्म ४४ हजार ३ सय ८६ जनाको कोरोनाबाट मृत्यु भइसकेको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएकाे छ ।

काेभिड संक्रमणबाट भारतमा निको हुनेको संख्यामा पनि वृद्धि भएको  समाचारमा जनाइएकाे छ ।

भारत विश्वमा कोरोनाबाट अमेरिका र ब्राजिलपछि बढी संक्रमित भएको मुलुक हो । भारतमा दैनिक भेटिने कोरोना संक्रमित संख्याले भने अमेरिका र ब्राजिललाई उछिनेकाे छ ।