Aafno Khabar

प्रतितोला हजार रुपैयाँ बढ्यो सुनको मूल्य

  • आफ्नो खबर
  • August 7, 2020 प्रकाशित

काठमाडौं । सुनको मूल्य बढ्ने क्रम जारी छ । शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको हो ।

सुनको भाउ आज तोलामा एक हजार रुपैयाँ बढेर तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीबार तोलामा ११ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख २ हजार ५ सय रुपैयाँ निर्धारण भएको थियो ।

चाँदी शुक्रबार तोलामा ६० रुपैयाँ बढेर तोलाको १४ सय ५ रुपैयाँ पुगेको छ । चाँदीको भाउ पनि शुक्रबार अहिलेसम्मकै महँगो कायम भएको हो ।