Aafno Khabar

कोभिड १९ को संक्रमणबाट मृत्यु भएकी महिलाको शवबाट सुनको गहना चोरी

  • आफ्नो खबर
  • August 5, 2020 प्रकाशित

भारतको तमिलनाडुस्थित कोयंबटुरमा कोभिड १९ को संक्रमणबाट मृत्यु भएकी महिलाको शवबाट सुनको गहना चोरी भएको टाइम्स अफ इण्डियाले उल्लेख गरेकाे छ ।

गत सोमबार बिहान भर्ना भएकी ६० वर्षीया महिलाको बिहान ४ बजे निधन भएकाे थियाे । उनमा श्वासप्रश्वासको समस्या देखिएको थियो ।

महिलाको साथमा छोरी अस्पतालमा थिइन् । आमाको मृत्युपछि उनी वार्डमा पुगिन् । त्यहाँ उनकी आमाको शव थियो । आमाको हातको सुनको चुरा भने गायब थियो । उनले चिकित्सकसँग कुरा गरिन् । उनीहरुले प्रहरीमा उजुरी दिन सुझाव दिए ।

शवबाट सुनको गहना चोरी भएको घटना लज्जास्पद भएकाे भनि खेद व्यक्त गरेका छन् ।