Aafno Khabar

कोभिड-१९ को सङ्क्रमणबाट विदेशमा १८९ नेपालीको मृत्यु

  • आफ्नो खबर
  • August 2, 2020 प्रकाशित

विश्वभर महामारीका रूपमा फैलिएको कोभिड-१९ को सङ्क्रमणबाट विदेशमा १८९ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली सङ्घले जनाएको छ ।

संघका अनुसार बितेका सात दिनमा विदेशमा २८ नेपालीको मृत्यु भएको छ ।

भारतमा २५, र साउदी अरेबियामा दुई र दक्षिण अफ्रिकामा एक जना नेपालीले कोरोनाभाइरसका कारण ज्यान गुमाएका हुन् ।

विश्वका ३८ देशमा रहेका नेपाली कोरोनाभाइरसको शिकार भएको र सबैभन्दा बढी भारतको महाराष्ट्रमा रहेका नेपाली रहेको बताउँदै सङ्घले लण्डनबाट आज बिहान जारी गरेको प्रेस विज्ञप्तिमा लक्जम्बर्गमा पारिवारिक जमघटमा भेला भएका ३५ नेपाली एकैपटक सङ्क्रमित भएको उल्लेख गरिएको छ ।

यसैबीच सङ्घले हालसम्म कोभिड-१९का कारण विदेशमा अलपत्र ३७ हजार ४२४ जनालाई सम्बन्धित देशस्थित नेपाली दूतावास र कूटनीतिक नियोगलगायत अन्य स्थानीय निकायसँगको समन्वयमा स्वदेश फर्काइएको बताएको छ । अलपत्र परेकालाई नेपाल फर्काउन ५४ उडानको व्यवस्था मिलाइएको पनि सङ्घले जनाएको छ ।