Aafno Khabar

सुनकाे मूल्य करिब एक लाख रुपैयाँ

  • आफ्नो खबर
  • August 2, 2020 प्रकाशित

काठमाण्डौ – सुनको भाउ तोलाको एक लाख रुपैयाँ नजिक पुगेको छ ।

आइतबार तोलामा तीन सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९९ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो अहिलेसम्मकै महँगो भाउ हो ।

कोरोना सङ्क्रमणका कारण विश्व अर्थतन्त्र नै ओरालो लागिरहेको बेला सुनको भाउ भने दिनदिनै उकालो लागिरहेको छ । सुनकाे भाउ महँगाे भएपछि काराेबार भने ठप्प भएकाे महासंघले जनाएकाे छ ।

यस्तै, चाँदीकाे मूल्य आइतबार प्रतिताेला १२ सय ३० रुपैयाँ कायम गरिएकाेे छ ।