Aafno Khabar
creativeideas

आईफाेन १२ सार्वजनिक मिति सर्‍याे

  • एजेन्सी
  • २०७७ साउन १७ गते प्रकाशित

(Image credit : Bloomberg)

काठमाडौं । एप्पलको उत्पादन आईफोन १२ सार्वजनिक हुने मिति सरेको छ । यसअघि सेप्टेम्बरमा आउने भनिएको उक्त फोन सार्वजनिक हुन थप समय लाग्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार आईफोन १२ अक्टोबरको मध्यतिर सार्वजनिक हुने सम्भावना रहेकाे छ ।

कोरोना भाइरसका कारण उत्पादनमा समय लागेको भन्दै कम्पनीले केही समय ढिलो गरी सार्वजनिक हुने भएको हो । आईफोन १२ फाइभजी स्मार्टफोन हो ।