Aafno Khabar
creativeideas

गुल्मीमा पहिराे : एकै परिवारका चार जनाकाे मृत्यु

  • आफ्नो खबर
  • २०७७ साउन १७ गते प्रकाशित

प्रतिकात्मक तस्बिर ।

गुल्मी । शुक्रबार गुल्मीमा पहिरोमा पुरिएर एक परिवारका चार जनाको मृत्यु भएको छ । रुरू गाउँपालिका– ५ मा पहिरोले घर पुरिँदा आमासहित तीन जना बालबालिकाको मृत्यु भएको हो ।

घरमाथिबाट झरेको पहिरोले घरभित्र रहेकी बिना माझी, उनका २ छोरी र एक छोराको मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् ।

चार जनाको शव पहिरोबाट उद्धार गरिएकाे छ । मृतक माझीका श्रीमान राेजगारका लागि भारतमा रहेकाे जनाइएकाे छ ।