Aafno Khabar

सुन भएको झोला फालेर भागेको गाडी ललितपुरमा भेटियो

  • आफ्नो खबर
  • July 30, 2020 प्रकाशित

काठमाडौं । गत मंगलबार काठमाडौंको कमलादीमा सुन भएको झोला फालेर भागेको गाडी बिहीबार भेटिएको छ ।

आधा किलो सुन, दुईवटा पेस्तोल र साढे १४ किलो चाँदीको झोला फालेर भागेको भनिएको बा ६ च ५५१९ नम्बरको स्कोर्पियो गाडी ललितपुरको नखिपोटमा फेला परेको प्रहरीले जनाएको छ ।

मंगलबार काठमाडौंको कमलपोखरीमा प्रहरी चेकिङ छलेर भागेको गाडीलाई पिछा गर्दा त्यहाँ रहेका मानिसहरुले सेतो झोला फालेर गाडीसहित फरार भएको प्रहरीको भनाइ थियो ।

यो पनि पढ्नुस

प्रहरी देखेपछि १५ किलाे सुन फालेर भागे तस्कर

प्रहरीले बरामद गरेकाे धातुमा आधा किलाे मात्रै सुन