Aafno Khabar
creativeideas

भारतमा पबजीलगायत अन्य २ सय ७५ एपमाथि प्रतिबन्धको तयारी

  • आफ्नो खबर
  • २०७७ साउन १४ गते प्रकाशित

भारतले थप २ सय ७५ चिानियाँ एपमाथि प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ । भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार त्यहाँको सरकारले यी मोबाइल एपहरुले प्रयोगकर्ताको गोपनीयता हनन् गरे नगरेको छानविन गरिरहेको छ ।

एपमात्र नभएर चिनियाँ इन्टरनेट सेवाप्रदायक कम्पनीहरुमाथि समेत भारत सरकारले प्रतिबन्ध लगाउने संकेत गरेको बताइएको छ ।

चीन र भारतको सीमा विवादकाबीच भारतले चिनियाँ ५९ वटा एपमाथि केही समयअघि प्रतिबन्ध लगाइसकेको छ । जसमा लोकप्रिय एप टिकटक पनि समावेश थियो ।

इकोनमिक टाइम्समा प्रकाशित समाचारका अनुसार भारतले अन्य चिनियाँ एपमाथि पनि प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ जसमा लोकप्रिय गेमिङ एप पबजी, शाओमिको जिली, अलिबाबाको अलिएक्सप्रेस लगायतका एपहरु रहेका छन् ।