काठमाडौं । युट्टुबरका रुपमा आफूलाई चिनाउने अर्जुन शिवाकोटी डिल्लीबजार कारागार चलान भएका छन् । विश्व हिन्दु महासंघको पदाधिकारीको रुपमा समेत आफूलाई चिनाउने शिवाकोटी बानियाँटारकी १२ र १४ वर्षीय बालिकालाई पटक–पटक बलात्कार गरेको आरोपमा पक्राउ परेका थिए ।
शिवोकाटीले पीडित बालिकाको परिवारलाई हत्या गर्ने धम्की दिएर पटक–पटक करणी गरेको भन्दै उजुरी परेको थियो । प्रहरी प्रशासनसँग आफ्नो राम्रो सम्बन्ध रहेको भन्दै उनले परिवारलाई धम्की लिने र बालिकामाथी करणी गर्ने गरेको परिवारको भनाइ छ ।
शिवाकोटीले छोरीमाथी निरन्तर धम्क्याउने र करणी गर्ने गरेको परिवारले थाहा पाएपछि न्यायको लागि परिवार महानगरिय अपराध अनुसन्धान महाशाखा पुगेका थिए । त्यसपछि महाशाखाले एक जना महिला डीएसपीलाई खटाएर अनुसन्धान गरेको थियो ।