Aafno Khabar

पैसा लिएर कुरियर डेलिभर नगर्ने पक्राउ

  • आफ्नो खबर
  • July 27, 2020 प्रकाशित

काठमाडौं । भारतीय कम्पनीबाट अनलाइनमार्फत नेपालमा सामान डेलिभर गर्ने भनेर पैसा लिएर सामान नदिने एक जना पक्राउ परेका छन् ।पैसा लिएर कुरियर डेलिभर नगरेको अभियोगमा साबिज कुरियर सर्भिसका धिरज शाह पक्राउ परेका हुन्।

उनलाई प्रहरीको अपराध अनुसन्धान महाशाखा, बानेश्वरले जनकपुरबाट पक्राउ गरेको हो ।

उनले आफूलाई कम्पनीको नेपाल प्रतिनिधिका रुपमा परिचित गराउने गरेका थिए । तर, रकम लिएर सामान डेलिभर नगरेको अभियोग उनीमाथि छ ।

शाहविरुद्ध ८ जनाले किटानी जाहेरी दिएका छन् । उनले ३ लाख २५ हजार रुपैयाँ ठगी गरेको निवेदन रहेको प्रहरीले जनाएको छ ।

शाहविरुद्ध मुलुकी अपराध संहिताको ठगी सम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान थाल्ने प्रहरीको तयारी छ ।