Aafno Khabar

यस्ता छन् ब्रत बस्नुका फाइदा

  • आफ्नो खबर
  • July 27, 2020 प्रकाशित

अहिले साउन महिना पनि छ । साउन ब्रतको महिना भनेर पनि परिचित छ । साउन महिनाको सोमबार ब्रत बस्ने चलन छ । किनकी साउन महिना धार्मिक आस्थासँग जोडिएको छ ।

स्वास्थ्यप्रति सर्तक भएर ब्रत बस्नु शरीरका लागि भने फाइदाजनक छ । पेटभरी खाएर मात्रै शरीर स्वस्थ हुने हाेइन । कहिलेकाँही भोको पेट बस्दा पनि फाइदा पुग्छ ।

–हप्तामा एकदिन ब्रत बस्दा अपच, ग्याष्ट्रिक, कब्जियत, पखला, एसिडिटी, जलन आदिको समस्याबाट छुटकारा पाउन सकिन्छ ।

–ब्रत बस्दा उच्च रक्तचाप नियन्त्रणमा सघाउ पुग्छ । यसका साथै कोलेस्ट्रोलको स्तर पनि घट्छ ।

–मुटुको समस्यामा पनि लाभ पुग्छ । किनभने खाली पेट बस्दा कोलेस्ट्रोलको स्तर घट्छ । कोलेस्ट्रोल नै हृदय रोगको जड हो ।

–केही समयका लागि ब्रत बस्दा शरीरमा मेटाबोलिजम तीब्र रुपमा बढ्छ जसले तौल घटाउन मद्दत मिल्छ ।

–मधुमेह र क्यान्सरजस्ता रोगको खतरा पनि कम हुन्छ ।

सम्बन्धित शीर्षकहरु