Aafno Khabar
creativeideas

आफैँले चलाएको बन्दुकले आफ्नै ज्यान लियो

  • आफ्नो खबर
  • २०७७ साउन ११ गते प्रकाशित

उदयपुर । आफैँले चलाएको भरुवा बन्दुकको गोली लागेर उदयपुरमा एक जनाको मृत्यु भएको छ । उदयपुरको लिमचुङबुङ गाउँपालिका वडा नं ५ जाँतेका ६० वर्षीय विद्याराज राईको शुक्रबार राति आफैँले चलाएको बन्दुकको गोली लागी मृत्यु भएको प्रहरीले जनाएको छ ।

राईले आफैँले बन्दुक पड्काएर आत्महत्या गरेको सोही वडा अध्यक्ष केशरकुमार खड्काले बताउनुभयो । राति करिब ८ बजेको समयमा बन्दुक पड्केको आवाज सुनेर भेला भएका स्थानीयहरूले घरको आँगनमै उनलाई बन्दूकको गोली लागेर मृत अवस्थामा फेला पारेको वडा अध्यक्ष खड्काले बताउनुभयो ।

घरमा कोही नभएको समयमा बन्दुक पड्केको स्थानीयले बताएकाले राईले आत्महत्या गरेको हुनसक्ने भन्दै घट्नाबारे जानकारी पाएलगत्तै आफूले प्रहरीलाई खबर गरेको उहाँले बताउनुभयो ।