Aafno Khabar
creativeideas

बाख्रा चराउन गएका दुई बालिकाको पोखरीमा डुबेर मृत्यु

  • आफ्नो खबर
  • २०७७ साउन ११ गते प्रकाशित

सर्लाही । सर्लाहीको ईश्वरपुरमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका–१४, गौरीशङ्कर हरकठवाका रामपृत महतोकी १३ वर्षीया छोरी अन्जली कुमारी महतो र आनन्द महतोकी १० वर्षीया छोरी आरती कुमारी महतोको डुबेर मृत्यु भएको हो ।

दुवै बालिकाको स्थानीय प्रकाश महतोले माछा पालन गर्ने उद्देश्यले आफ्नो जग्गामा नयाँ खन्दै गरेको पोखरीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ ।

बाख्रा चराउन गएका बालिकाहरु शनिबार साँझ अबेरसम्म घर नर्फिएपछि गाउँले र प्रहरी मिलेर खोजी सुरु गरेका थिए । त्यसक्रममा शनिबर राती ९ः३० बजेतिर बालिकाहरुको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले जानकारी दिनुभयो । मृतक दुवै बालिकाको शव पोष्टमार्टमका लागि आइतवार बिहान जिल्ला अस्पताल मलङ्गवा पु¥याइएको छ ।