Aafno Khabar
creativeideas

सुनको मूल्यले कायम गर्यो अर्को नयाँ कीर्तिमान !

  • आफ्नो खबर
  • २०७७ साउन ११ गते प्रकाशित

काठमाडौं । सुनको भाउले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । आइतबार तोलामा ५ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९६ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको मूल्य यो अहिलेसम्मकै महँगो हो ।

कोरोना भाइरसको सङ्क्रमणका कारण विश्वकै अर्थतन्त्र बिग्रिँदै गएको तथा ठूला देशबीच तनाव बढ्दै गएकाले लगानीकर्ता सुनमा आकर्षित हुँदा सुन महँगो हुँदै गएको महासङ्घले जनाएको छ ।

सुनको भाउ महँगो हुँदा किनबेच ठप्प जस्तै भएको छ । अहिले फाट्टफुट्ट मात्रै कारोबार हुने गरेको व्यवसायीले बताएका छन् । यस्तै चाँदी आज तोलामा ५ रुपैयाँ बढेर तोलाको ११ सय ५५ रुपैयाँ पुगेको छ ।