काठमाडाैं । भदौ १ देखि विद्यार्थी भर्ना थाल्ने र परीक्षाकाे तयारी सुरु गर्ने निर्णय सरकारले गरेको छ । विद्यालयहरु भने बन्द नै रहनेछन् । तर भदौ १ गते बाट विद्यार्थी भर्ना र परीक्षाको तयारी गर्न भने सरकारले छुट दिएको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्ताे निर्णय गरेकाे मंगलबार जानकारी दिइएकाे हाे ।
सरकारले होटल, रेष्टुरेन्ट खोल्न पनि अनुमति दिएको छ । तर सामुहिक भोज, ठूलो समूहमा भेला हुन भने पाइने छैन । ट्रेकिङ र पर्वतारोहणसम्बन्धी सेवा पनि संचालन गर्न दिने सरकारले बताएकाे छ ।