Aafno Khabar

निजी सवारी साधानमा लगाइएकाे जोर विजोर प्रणाली हट्याे

  • आफ्नो खबर
  • July 21, 2020 प्रकाशित

काठमाडौं । निजी सवारी साधानमा लगाइएकाे जोर विजोर प्रणाली हटाइएकाे छ ।

मन्त्रिपषिद्कोकाे सोमबार बसेको बैठकले जोड विजोर हटाउने निर्णय गरेको म‌ंगलबार सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभएकाे हो ।

सार्वजनिक यातायात पनि सञ्चालन भएकाले निजी सवारीको जोर विजोर हटाइएको उहाँले बताउनुभयाे ।