काठमाडौं । सरकारले कोरोना महामारी रोकथामका लागि लगाएको लकडाउन अन्त्य भएको घाेषणा गरेकाे छ ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले चैत ११ देखि सरकारले लगाएको लकडाउन अन्त्य भएको जानकारी दिनुभएकाे हाे ।
काेराेना भाइरस विश्वव्यापी भएसँगै गएकाे चैत ११ गतेदेखि सरकारले नेपालभर लकडाउनकाे घाेषणा गरेकाे थियाे ।