Aafno Khabar
creativeideas

तपाइँ बेरोजगार हुनुहुन्छ ? वडा कार्यालयमा निवेदन दिनुस्

  • २०७७ साउन १ गते प्रकाशित

काठमाडौं- तपाइँ बेरोजगार हुनुहुन्छ ? यदी त्यसो हो भने नजिकको वडा कार्यालयमा निवेदन दिनुस् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आर्थिक वर्ष २०७७/०७८ का लागि बेरोजगारको सूची तयार गर्न साउन ८ देखि भाद्र ७ गतेसम्म नजिकैको वडा कार्यालयमा निवेदन दिन सार्वजनिक सूचना निकालेको छ ।

यसरी सूचीकृत भएका नागरिकलाई सय दिनसम्मको रोजगारी पाउने सरकारले बताएको छ ।

गत चैत्र १ देखि सूचीकरण सुरु भए पनि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण र बन्दाबन्दीको कारण काम प्रभावित थियो । अब बेरोजगार नागरिकले निवेदन दिने समय सीमा भदौ ७ सम्म कायम भएको छ ।