Aafno Khabar

कुख्यात अपराधी विकास दुबेको प्रहरी कारबाहीमा मृत्यु

  • July 10, 2020 प्रकाशित

८ प्रहरीको हत्याका मुख्य अभियुक्त विकास दुबे प्रहरीसँगकाे मुठभेडमा मारिएका छन् । दुबेलाई लिएर कानपुर जाँदै गरेको कार्केडको एउटा गाडी शुक्रबार बिहान दुर्घटनाग्रस्त भएकाे थियाे ।

उक्त दुर्घटनापछि प्रहरी टोलीको बन्दुक खोसेर उनले हमला गर्ने कोसिस गरेका थिए । जवाफी कारवाहीमा उनकाे मृत्यु भएकाे बीबीसी हिन्दीले उल्लेख गरेकाे छ । विकास बिहिबार उज्जैनको महाकाल मन्दिरबाट पक्राउ परेका थिए ।

याे पनि पढ्नुहाेस् ।

भारतीय कुख्यात अपराधी विकास दुबे पक्राउ