Aafno Khabar

अमेरिकामा पछिल्लाे २४ घण्टामा कोरोना भाइरस संक्रमित दरमा नयाँ रेकर्ड

  • July 9, 2020 प्रकाशित

अमेरिकाले पछिल्लाे २४ घण्टामा कोरोना भाइरस संक्रमित दरमा नयाँ रेकर्ड कायम गरेको छ ।

वर्ल्डोमिटरकाे तथ्यांक अनुसार पछिल्लाे २४ घण्टामा ६१ हजार ४ सय नयाँ संक्रमित भएका छन् । जुन संख्या एकैदिन संक्रमित हुनेमा अहिलेसम्मकै उच्च हो । अमेरिका कोरोनाबाट सबैभन्दा धेरै प्रभावित देश हो ।

अमेरिकामा अहिलेसम्म ३१ लाख ५८ हजार संक्रमित भएका छन् भने १ लाख ३४ हजार ८ सय ४१ जनाको मृत्यु भएको छ ।

विगत २४ घण्टामा ८ सय ६९ जनाको मृत्यु भएको छ । १३ लाख ९२ हजार उपचारपछि निको भएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।