Aafno Khabar

कोभिड १९ अपडेट : विश्वमा ज्यान गुमाउनेको संख्या ४ लाख ८४ हजारभन्दा बढी

  • June 27, 2020 प्रकाशित

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ४ लाख ८४ हजारभन्दा बढी भएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या ४ लाख ८४ हजार २४९ पुगेको छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार संक्रमितको संख्या ९४ लाख ७२ हजार ४७३ जना पुगेको छ ।
सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो नम्बरमा ब्राजिल छ ।