कास्की । गण्डकी प्रदेशको स्याङजा र तनहुँका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्याङ्जाको गल्याङ नगरपालिकामा २७ र ४० वर्षका र तनहुँको रिसिङ गाउँपालिकामा २८ वर्षका एक पुरूषमा कारोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ निर्देशनालयले जनाएको छ ।
योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २४ पुगेको छ । त्यसमध्ये बागलुङका २ जना र लमजुङका एक जना डिस्चार्ज भइसकेका छन् ।