Aafno Khabar

भारत धेरै संक्रमित हुने देशको ११ औं स्थानमा, संक्रमितको संख्या १ लाख नाघ्यो

  • May 20, 2020 प्रकाशित

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या १ लाख ६ हजार ८ सय ८६ पुगेको छ । संक्रमणका कारण ज्यान भारतमा ३ हजार ३ सय ३ जनाको ज्यान गएको छ । ४२ हजार ३ सय ९ जना कोरोना संक्रतित उपचारपछि निको भएर घर फर्केका छन् । भारतमा अहिलेसम्म २५ लाख १२ हजार ३ सय ८८ जनाको कोरोना परीक्षण गरिएको छ ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३७ हजारएक सय ३६ पुगेको छ । महाराष्ट्रमा अहिलेसम्म एक हजार ३२५ जनाको कोरोना भाइरसको कारण ज्यान गएको छ । त्यस्तै तमिलनाडुमा अहिलेसम्म १२ हजार चार सय ४८ जनामा कोरोना भाइरसको संक्रमण देखिँदा ८४ जनाको ज्यान गएको छ ।

गुजरातमा १२ हजार १४० संक्रमित पुगेका छन । यो राज्यमा ज्यान जानेको संख्या ७ सय १९ पुगेको छ । मध्य प्रदेशमा संक्रमितको संख्या पाँच हजार ४६५ संक्रमित फेला परेका छन भने २५८ जनाको ज्यान गएको छ ।

भारतको पश्चिम बंगालमा दुई हजार ९६१ संक्रमित पुगेका छन भने ज्यान जानेको संख्या २५० पुगेको छ । उत्तर प्रदेशमा पनि संक्रमित संख्या चार हजार ९२६ पुगेको छ । उत्तर प्रदेशमा अहिलेसम्म कोरोना भाइरसबाट १२३ जनाको ज्यान गएको छ ।

बिहारमा एक हजार ४९८ संक्रमित पुग्दा नौ जनाको ज्यान गइसकेको छ । भारत कोरोना संक्रमति धेरै हुने देशको सूचीमा ११ औं स्थानमा रहेको छ ।