Aafno Khabar

भारतमा जेठ १८ गतेसम्म बढ्यो लकडाउन

  • May 17, 2020 प्रकाशित

काठमाडौं । भारत सरकारले लकडाउनको अवधि मे ३१ अर्थात जेठ १८ सम्म लम्ब्याएको छ। यो भारतमा चौथो चरणमा बढाइएको लकडाउन हो ।

यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले चौथो चरणको लकडाउन फरक हुने बताएका थिए। भारतमा लकडाउनसम्वन्धी निर्दे्शिका सार्वजनिक गर्ने तयारी गरिएको छ।

गत चैत १२ गतेबाट भारतले लकडाउन घोषणा गरेको हो। भारतमा हालसम्म ९१ हजार बढी संक्रमित छन् भने २ हजार ८ सय बढीले ज्यान गुमाएका छन्।

त्यस्तै ३४ हजार ५ सय जना निको भएका छन्। उच्च संक्रमितको संख्याका आधारमा भारत ११ औं स्थानमा छ।