Aafno Khabar

टलक्क टल्केको काठमाडौं (भिडियोसहित)

  • April 29, 2020 प्रकाशित

काठमाडौं । व्रिश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण नेपालमा पनि लकडाउन भएको बैशाख ११ गते एक महिना नाघ्यो । लकडाउनका कारण यतिबेला कलकारखाना, उद्योग, व्यवसाय ठप्प छन भने सडकमा सवारी गुडेका छैनन अनी घरबाट मानिस निस्केका छैनन् ।

अत्याधिक सवारीका कारण निक्कै धुँवा र धुँलोको पीडाले पील्सिएको काठमाडौं यतिबेला शान्त छ । सडक खाली छन्, धुलोले पुरिएका संरचना लगातारको बर्षाका कारण पखालिएर सफा भएका छन् ।

काठमाडौंको सडकलाई वातावरण मैत्री बनाउन सडकको छेउछाउमा रोपिएका रुखहरु हलक्कै बढेका छन् भने फूलहरु सुसज्जा फुलेका छन् । न सडकले सवारी चाप थेग्न परेको छ । न त छेउछाउका बिरुवाले धुँलो र धुँवाको सामना गर्न परेको छ ।

अनी निरन्तरको वर्षाले पखालिएको काठमाडौं यतिबेला प्राकृतिक सौन्दर्यताको एउटा अनुपम बनेको छ र टलक्क टल्किएको छ । बाँकी भिडियोमा हेर्नुहोस ।