Aafno Khabar

पूर्व सचिव भीम उपाध्यायलाई तीन दिन थुनामा राख्न अनुमति

  • २०७७ बैशाख ११ गते ०७:४४ प्रकाशित

काठमाडौं । साइबर अपराधको अभियोगमा पक्राउ परेका पूर्व सचिव भीम उपाध्यायलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

साइबर अपराध सम्बन्धी घटनामा प्रहरीको साइबर ब्युरोले उनलाई बुधबार ललितपुरबाट पक्राउ गरेको थियो।

उनले केही समय अघि मेडिकल सामग्री खरिदको विषयमा स्वास्थ्य सचिव यादव कोइराला र उपाध्यायबीच सामाजिक सञ्जालमा दोहोरी चलेको थियो।