Aafno Khabar

भारतमा २ साधुसहित तीन जनाको कुटीकुटी हत्या

  • २०७७ बैशाख ८ गते ०१:१७ प्रकाशित

भारतमा २ साधुसहित तीन जनाको कुटीकुटी हत्या गरिएकाे छ । भारत महाराष्ट्रको पालघरमा बिहीबार कुटीकुटी तीन जनाको हत्या कुटीकुटी हत्या गरिएकाे हाे । हत्याकाे अनुसन्धान गर्न प्रहरीले १ सय १० जनालाई पक्राउ गरेको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार पालघरबाट सुरततर्फ गाडीमा जाँदै गरेका तीन जनालाई बाटोमा रोकेर केही व्यक्तिहरुले कुटीकुटी हत्या गरेका थिए ।

मृत्यु हुनेमा ७० र ३५ वर्षका दुई जना साधु र उनीहरुको गाडी चलाउने ३० वर्षीय चालक छन् । आक्रमणकारीले उनीहरु चोर रहेको भन्दै आक्रमण गरेका थिए ।

तर, ती तीनैजना व्यक्ति एक जनाको अन्तिम संस्कारमा सहभागी हुनका लागि सुरत जान लागेको बताइएको छ ।