Aafno Khabar

काेराेना संक्रमण : इटालीमा एकैदिन करिब ८ सय जनाकाे मृत्यु

  • २०७६ चैत्र ९ गते ०२:४२ प्रकाशित

काठमाडाैं । काेराेना भाइरस (काेभिड १९) काे संक्रमणबाट विश्वमा सबैभन्दा बढी क्षति ब्यहाेरिरहेकाे इटलीमा पछिल्लो २४ घण्टामा ७ सय ९३ जनाको ज्यान गएको छ।

यो सँगै इटलीमा ज्यान गुमाउनेको संख्या ४ हजार ८ सय २५ पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

इटलीमा शनिबार मात्रै ६ हजार ५ सय ५७ जना कोरोना संक्रमित भएका छन् । यो सँगै इटलीमा कोरोना संक्रमितिको संख्या जम्मा ५३ हजार ५ सय ७८ पुगेको छ ।

जसमध्ये २ हजार ८ सय ५७ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ भने ६ हजार ७२ जना उपचारपछि घर फर्किएका छन् ।

कोरोना भाइरसको संक्रमण रोक्न इटालीले आफ्नो अति प्रभावित लोम्बर्डी क्षेत्रमा थप कडा नियमको घोषणा गरेको छ ।

लोम्बर्डीमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ३ हजार ९५ जनाको ज्यान गइसकेको छ ।

शनिबार भएको घोषणा अनुसार घर बाहिर कुनै पनि प्रकारको खेल तथा शारिरिक गतिविधि गर्न पाइने छैन । यस्तै, अनावश्यक व्यापार गर्न पनि सरकारले राेक लगाएकाे छ ।