Aafno Khabar

WHO भन्छ : काेराेना भाइरसकाे महामारीबाट युवाहरु पनि मुक्त छैनन्

  • २०७६ चैत्र ८ गते ०६:५२ प्रकाशित

एजेन्सी । विश्व स्वास्थ्य संगठन (WHO)ले युवाहरुमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण कम हुने सम्भावना नरहेकोले सचेत हुन चेतावनी दिएको छ ।

कोभिड १९ का कारण अहिलेसम्म विश्वभर ११ हजार मानिसको मृत्यु भइसकेको छ र २ लाख ५० हजार भन्दा धेरै संक्रमित छन् । अधिकांश देशका युवाहरु चिन्तित नभइरहेकाे अवस्थामा डब्लूएचओले यस्ताे चेतावनी दिएको हाे । अधिका‌ंश देशबाट सार्वजनिक भएकाे रिपाेर्टमा काेराेना संक्रमित बयस्कहरु पाइएकाे छ । यस्ताे अवस्थामा डब्लूएचओले यस्ताे चेतावनी दिएकाे हाे ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले भनेका छन् ‘बृद्धहरुमा यसको अधिक प्रभाव छ तर युवाहरु पनि यसबाट बचेका छैनन् । युवाहरुका लागि मेरो सन्देश छ । तपाइँहरु जोखिममुक्त हुनुहुन्न ।’

कोभिड १९ का कारण इटालीमा ज्यान गुमाउने व्यक्तिहरुको औषत आयु ७८ं.५ वर्ष छ ।

यो भाइरसले सबै उमेर समूहका मानिसमा संक्रमण पैदा गर्न सक्ने अनुसन्धानबाट पत्ता लागेको छ । खासगरी उमेर पुगेका र रोगी व्यक्तिमा याे भाइरस अझ खतरनाक बन्न सक्छ ।