Aafno Khabar

काेराेना भाइरसका कारण इटालीमा ४ हजार ३२ जनाकाे मृत्यु

  • २०७६ चैत्र ८ गते ००:५९ प्रकाशित

एजेन्सी । कोरोना भाइरस (काेभिड १९)का संक्रमणका कारण इटालीमा गएकाे २४ घण्टामा ६२७ को ज्यान गएकाे छ । इटालीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ४ हजार ३२ पुगेको छ ।

गएकाे डिसेम्बरकाे अन्त्यतिर चीनकाे वुहानबाट फैलिएकाे याे भाइरसका कारण सबैभन्दा धैरै क्षति इटालीले व्यहाेरिरहेकाे छ । भाइरसका कारण चीनमा ३ हजार २५५ जनाले ज्यान गुमाएका छन् ।

इटालीमा ४७ हजार २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएकाे छ ।